Pariskrit

१२ महिना अगाडि / १००  पटक हेरिएको

काठमाडौं । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत “छम छम बजाउँदै चुरा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो।

संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन्। भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया
About us

यो वेवसाइट Pariskrit Media को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

परिकृत मिडिया प्राली
अनामनगर , काठमाण्डौं

+977- 1-4372829

[email protected]

हाम्रो टिम

सम्पादक :

प्रधान सम्पादक:

सम्वाददाता: