के म साँच्चिकै संन्यासीको मायामा त परिनँ ?

संन्यासी भन्दै थिए, ‘मानव अज्ञानता नै दुःख, भ्रम र चिन्ताको मूल कारण हो । लोभ, कोध्र, अभिमान, ईष्र्या, भय यी सबै अज्ञानताका शाखा हुन् । अज्ञानतालाई मायाको बन्धनले नफुस्कने गरी कसिलोसँग बाँधेर राखेको हुन्छ । मानव मायाले दोहोरो चरित्र निर्वाह गर्छ । मोह मायाले मानिसलाई यस्तो भ्रममा पारिदिन्छ मेरो जीवनको लाक्ष्य नै यही हो, मेरो जन्म त यसैका लागि भएको हो, यसको प्राप्ति नै मेरो जीवनको वास्तविक उपलब्धि हो । तर ऊ जीवनको वास्तविक सत्यभन्दा धेरै पर हुन्छ ।’

ऊ त जीवनको वास्तविक सुखमा पाइला नै नहाली भीषण कहालीलाग्दो दुःख र मोहलाई नै सुख सम्झेको हुन्छ । त्यो खुसी, त्यो सुख त अन्धकार रात्रिमा खोलाले बगाएको व्यक्तिले रुखको जरा ठानी सर्पलाई समातेर हर्षित भएजस्तै हो ।

यसको मतलब यो होइन कि हाम्रो जीवनमा मायाको कुनै औचित्य नै छैन । हरेक चिज र घटनाको कुनै न कुनै मतलब हुन्छ । जस्तै तिमीलाई काँडा र ढुंगेनी बगरले हिँड्दा ध्यान दिएर हिँड्न सिकाइरहेको हुन्छ । तिमीलाई भीरपाखाले सतर्क रहन अह्राइरहेको हुन्छ । त्यसैले तिमी यो मान हरेक वस्तु र घटनाको कारण हुन्छ ।

मानिसलाई लाग्छ बुद्धि र ज्ञान एउटै हुन् । तर वास्तवमा यी दुवै फरक हुन् । जसरी सूर्यको ताप र प्रकाश फरक फरक विषय हुन्, त्यस्तै बुद्धि र ज्ञान पनि दुई भिन्न विषय हुन् ।

Malika keshari

जीवनमा परमसुख प्राप्तिका लागि मायाको पनि अहम् भूमिका रहन्छ । तिमीले बुझ्न जरुरी छ माया मोहको पल्लो किनारामा पुग्न सक्यौ भने तिमीले परमसुख शान्तिभोग गर्न सक्छौ तर यदि तिमी कुनै कारण ओल्लो किनारमा नै अड्कियौ भने तिमी कहिल्यै पार नहुने भवसागरको गहिराइमा पुरिँदै जान्छौ । त्यसैले म भन्छु हरेक विषय, घटना, परिघटनाको कारण छ । त्यसकारण हरेक घटनाको यथार्थ बुझेर सदा मध्यमार्ग पहिल्याउनु पर्छ ।

लक्ष्य प्राप्तिको लालसा र संघर्षमा शरीरलाई अति कष्ट प्रदान गरेर शरीर सुकाउने काम पनि नगर । त्यसैगरी शरीरलाई बिलासितामा डुबाएर त्यसैमा रम्ने काम पनि नगर । बीचैमा अवस्थित गर, आफू भित्र नै डुब । संसारको सबै ज्ञान बटुल्ने शक्ति तिमीभित्रै छ ।

जब तिमी ज्ञानको द्वारसामु पुग्छौ तब तिम्रो अन्तरहृदय कारुणिक बन्न थाल्छ । सबैलाई करुणाले हेर । कसैलाई पनि घृणा नगर । यस्तो व्यक्तिलाई पनि घृणा नगर जो सदा तिम्रो कुभलो चिताउँछ । यस्ता व्यक्तिलाई अज्ञानी सम्झेर करुणा गर । करुणा नै ज्ञानको पहिलो प्रमाण हो ।

अनि अर्को कुरा मानिसलाई लाग्छ बुद्धि र ज्ञान एउटै हुन् । तर वास्तवमा यी दुवै फरक हुन् । जसरी सूर्यको ताप र प्रकाश फरक फरक विषय हुन्, त्यस्तै बुद्धि र ज्ञान पनि दुई भिन्न विषय हुन् । मानिसलाई बुद्धिले विषयवस्तुप्रति आशक्त पार्दछ । विषयले मेरो र तेरो भन्ने भाव पैदा गर्छ । जब मानिस मेरो र तेरोको जालोले बाँधिन्छ तब मानिस कहिल्यै पार नहुने भवसागरमा डुब्दै भय, लोभ, लालच र तृष्णामा बेरिँदै जान्छ । जन्मेपछि मृत्युको भय, धन प्राप्तिपछि गुम्ने भय, मिलनपछि बिछोडको भयमा मानिस डुब्दै जान्छ ।

ठूला ठूला साधक पनि यहीँ बुद्धि र ज्ञानबीचको अन्तरद्वन्द्वमा रुमलिन्छन्, अड्कन्छन् । त्यसैले यस भ्रमको जालोबाट आफूलाई उन्मुक्त पारी ज्ञानको द्वार खोल । जब तिमी ज्ञानको द्वार उघार्न सक्षम हुन्छौ तब तिमीलाई कुनै विषयले प्रभाव जमाउन सक्दैन । तिमी जित र हारको सीमा रेखाभन्दा धेरै पर पुग्छौ । तिम्रो जीवन स्वतन्त्र पवनको झोक्का समान हुनेछ ।

यस्तो ज्ञानको द्वारसम्म पुग्नका लागि तिमीले चार आर्यसत्यलाई बुझ्नु पर्छ । ती सत्य हुन्, ‘संसारको शुरुदेखि अन्त्यसम्म दुःख हाम्रो साथमा छ । त्यसकारण दुःख मानिसको छायाँ समान हो । यस दुःखको कारण हो कुनै वस्तुलाई आफ्नो ठान्नु जब कि सबै वस्तु क्षणिक हुन् । यस दुःखबाट मुक्त हुनका लागि स्वविवेक जगाउन आवश्यक छ । यो विवेक स्वयंले नै जगाउनु पर्छ । चाहे दुःख होस् वा सुख जे आए पनि आफूलाई स्थिर राख तब तिमीले आफैलाई चिनेर जीवनको हरेक दुःख र सुखभन्दा माथि उठी परमसुखको अनुभूति गर्ने छौ ।’

उनले ती संन्यासीको अमृतवाणी प्रवाहित गरिरहेकी थिइन् । म लगायत सबैजना जीवनको त्यो अमूल्य सत्य वाणीमा डुबिरहेका थियौंं । आमाको काखमा मस्त निदाइरहेको सानो अबोध बालक बेस्सरी चिच्याएर रोयो । सायद चिसोले निद खलबल्यायो होला ।

“ठूला ठूला साधक पनि यहीँ बुद्धि र ज्ञानबीचको अन्तरद्वन्द्वमा रुमलिन्छन्, अड्कन्छन् । त्यसैले यस भ्रमको जालोबाट आफूलाई उन्मुक्त पारी ज्ञानको द्वार खोल । जब तिमी ज्ञानको द्वार उघार्न सक्षम हुन्छौ तब तिमीलाई कुनै विषयले प्रभाव जमाउन सक्दैन ।”

उनले इशाराले त्यो बालकलाई आफ्नो नजिक ल्याउन अनुरोध गरिन् । उनको काखको न्यानो पाएर हो कि खै किन हो त्यो बालक पलभरमै उनको काखमा निदायो ।
हामी उनको जीवनकालको त्यो आश्चर्यपूर्ण भोगाइ सुन्नका लागि हतारिएका थियौंं । सबैले त्यो बालकले बीचमा बाधा हालेकामा नरमाइलो माने तर त्यो अबोध बालकलाई के थाहा त्यहाँ के भइराखेको छ ।
उनले फेरि त्यो आश्चर्यपूर्ण गाथा पुनः शुरु गरिन्, ‘त्यो दिन हामी दरबार फर्कदा झमक्क साँझ परिसकेको थियो । हाम्रो सुरक्षामा खटिएका पहरेदारहरु बडो सतर्कताका साथ हाम्रो अघि पछि हिँडिरहेका थिए ।

उनीहरु हातमा आगोको चिराग लिएर हामीलाई बाटो देखाउने प्रयत्न गरिरहेका थिए । सायद त्यो औंसीको रात थियो क्यारे । आकाशमा चम्किएका ताराहरुको माझमा चन्द्रमाको कुनै नामोनिशान थिएन । तर हाम्रो मन संन्यासीको त्यो ज्योतिर्मय वाणीले झलमल भएको थियो । लाग्थ्यो, हाम्रो मनमा हजार सूर्य एकैपटक उदाएका छन् । मैले त्यस दिन अत्यन्त हलुका महसुस गरेकी थिएँ । महाराज आफ्नो शयनकक्षमा जानुभयो । म पनि आफ्नो शयनकक्षमा गएँ । उनको गोरो मुहार, मिलेका आँखिभौं, ठूला ठूला बलिष्ठ पाखुरी, चौडा छाती अनि अंग अंगमा पुरुषार्थको रेखा । सबैभन्दा आकर्षण त उनको कुरा गर्ने शैली र सोचमा थियो ।

यस्तो लाग्थ्यो उनी जति बुद्धिमान मानिस त त्रिलोकमा नै छैन । उनको जस्तो मीठो बोली त यो जगत्मा कोही बोल्न जान्दैन । उनी मात्र एक त्यस्तो पुरुष हुन् जो पूर्ण छ । जो पर्याप्त छ । जो…
म कल्पनाको संसारमा डुबिरहेकी थिएँ । त्यही बेला धाइमा बिना कुनै पूर्वजानकारी मेरो कक्षमा प्रवेश गर्नुभयो । एक पल त रिस पनि उठ्यो कस्ती आइमाई होलिन् । बिना कुनै जानकारी मेरो एकाग्रता भंग गर्ने दुस्साहस गरिन् । त्यसको लागि दण्ड दिऊँ कि झैं पनि लाग्यो । फेरि अर्को मनले तुरुन्त निर्णय सुनायो, “के सोचेकी त्यस्तो सुवर्णलता ! करुणाको त्यत्रो पाठ सिकेर आएकी तैंले त्यस्तो व्यक्तिलाई दण्ड दिने सोचिरहेकी छेस् ।

जसले तँलाई मातृस्नेह प्रदान ग¥यो, जसले तँलाई माताको अभाव महसुस कहिल्यै हुन दिइन, उसैलाई दण्डको बारेमा कसरी सोच्न सकेकी ? कति स्वार्थी र निर्लज्ज बनेकी तँ ?’ मनले यति तर्क दिनासाथ उनको मुहारमा हेरेर फिस्स हाँसें तैपनि मनमा उठेको नकारात्मक विचारले मेरो मुहारको बनावटी हाँसोलाई साथ दिएझैं लागेन ।
उनी मेरो धेरै नजिक आइन् । मेरो हात समातेर सोधिन्, ‘के हो राजकुमारी, संन्यासीले मोहनी लगायो कि के हो ?’ उनी फेरि उनको आफ्नै हाँस्ने शैलीमा हाँसिन्, ‘हा हा हा…’

मलाई उनको प्रश्न र उनको बेसुर हाँसोमाथि रिस उठेन । बरु उनको प्रश्नले मलाई व्याकुल बनायो । अनौठो मीठो छट्पटी दियो । के म साँच्चिकै उनले भनेझैं संन्यासीको मायामा त परिनँ ? अनुरागको रमाइलो छालले त कतै मलाई लपेटेन ? प्रियाभानुले एकपटक सुनाएकी थिइन्, ‘प्रेममा परेपछि त चारैतिर त्यही छवि, त्यही आकृति मात्र सल्बलाउँछ रे । खानामा रुचि हुँदैन रे । रातको निद, दिनको चैन सबै हर्छ रे । हरेक स्थान र रमाइलो क्षण पनि उराठ लाग्छ रे । मन मात्र त्यही व्यक्तिको सामु रमाउँछ रे ।’

मैले उनले त्यस्तो के भनेकी हुन् त्यति बेला चासो नै दिएकी थिइनँ । तर आज उनले भनेका सबै कुरा ममा लागू हुँदै थियो । यसको मतलब के म साँच्चिकै संन्यासीको मायामा त परिनँ ? मनले यति प्रश्न गरेपछि मलाई लाग्यो मेरो शरीरको सम्पूर्ण रक्त मेरो मुहारमा थुप्रियो । जीउमा अनौठो रमाइलो विद्युतीय तरंग प्रवाहित भएझैं लाग्यो । डर अनि लाजले मेरो हात लत्रक्क गले । म यति असहज भएँ आँखा उठाएर धाइमालाई हेर्न पनि गाह्रो भयो । बिस्तारै मात्र यति बोलेँ, ‘मा पनि ।’

त्यो दिन हामी दरबार फर्कदा झमक्क साँझ परिसकेको थियो ।… मैले त्यस दिन अत्यन्त हलुका महसुस गरेकी थिएँ । महाराज आफ्नो शयनकक्षमा जानुभयो । म पनि आफ्नो शयनकक्षमा गएँ । उनको गोरो मुहार, मिलेका आँखिभौं, ठूल–ठूला बलिष्ठ पाखुरी, चौडा छाती अनि अंग अंगमा पुरुषार्थको रेखा । सबैभन्दा आकर्षण त उनको कुरा गर्ने शैली र सोचमा थियो ।

उनी फेरि लामो हाँसिन्, ‘हि हि हि…’ उनको त्यो आवाज भित्ता र छानोमा प्रतिध्वनित भइरहे । खै किन हो यसपालि उनको हाँसो मलाई नराम्रो लागेन । बरु आकर्षक लाग्यो । अरुभन्दा फरक । मैले उनको मुहारमा हेरिरहेँ । उनी फेरि बोलिन्, “भनेपछि राजकुमारी प्रेममा परिन् !’

मैले बिस्तारै शिर हल्लाएर म प्रेममा परेको स्वीकार गरेँ । अनौठो मेरो स्वीकारोक्तिसँगै उनको मुहारको चञ्चलता सबै हराएर गयो त्यहाँ त गम्भीर रेखा पो कोरियो । मैले जीवनमा होस सम्हालेदेखि उनी सधैं मेरा सामु थिइन् । तर मैले आजसम्म उनको यस्तो गम्भीरताले भरिएको मुहार देखेकै थिइनँ । उनका दुवै आँखामा आँसु टिलपिलाएका थिए । लाग्छ उनको आँखा बर्सनुअघिको बादल हो ।
उनले मात्र यति भनिन्, ‘राजकुमारी हजुरले यो के गर्नुभयो ?’

मैले उनको प्रश्नको उत्तर खोजिनँ । एकोहोरो उनको मुहारमा हेरिरहेँ । उनले मलाई अँगालो हालेर मेरो शिर उनको छातीमा टाँसिन् । म घोर आश्चर्यमा परेँ । धेरैपछि उनले मलाई आफूबाट छुटाएर आँसु पुछ्दै बाहिर गइन् । म उनी गएको दिशा हेरिरहेँ तर केही बुझिनँ ।

मालिका केशरीकाे उपन्यास सुवर्णलताकाे अंश

सम्बन्धित खवर